तिमी सिमलको भुवा भएर
बतासको अघि लागिहाल्यौ
मसँग बतास रोक्ने सामर्थ्य छैन
अब म आफ्नो लाचारी कि
तिम्रो दुस्साहस सम्झी
थाप्लो ठोकेर बसूँ?
---
रोगी सपनाहरूको
उपचार गर्दा गर्दै
बूढा हुने भए
निरोगी सपनाहरू
उपचार गर्दा गर्दै
बूढा हुने भए
निरोगी सपनाहरू
---
If
The speck of motivation,
Bit of hope,
And strand of zeal
Which you have now
Get nagged by
Gushes of discouragement,
Avalanches of despair
And glares of cynicism,
How will you push yourself ahead?
---
शरिर र मन
एक अर्काप्रति
सधैँ कृतघ्न हुन्छन्
न शरिरले मनको सराहना गर्छ
न त मनले शरिरको
मानौँ यिनीहरू
एक अर्काका लागि
बाँचेकै होइनन्
यिनीहरूको ठाकठुकमा
आफूलाई चैँ साला
दिनरातको किचकिच !
---
You try to dispel the breeze
To avoid what you think is smoke
And fragrance fails to bless you
एक अर्काका लागि
बाँचेकै होइनन्
यिनीहरूको ठाकठुकमा
आफूलाई चैँ साला
दिनरातको किचकिच !
---
You try to dispel the breeze
To avoid what you think is smoke
And fragrance fails to bless you
---
पाएर नि क्यै नहुनी
साँढेको यो जूनी
ढुक्या-ढुक्यै हुने भो
स्याल मोरो वैगुनी
---
If ever
You ask me
To wash an ass
Into an eagle,
Then and there
I will ask you
For the exact detergent
And a washing machine !
---
धेरै मन लगाएर काम नगर प्रिय
मन घोटिन्छ
खिएर जिर्ण हुन्छ
अनि पिटिक्कै भाँचिन्छ !
---
I envision sparks,
You talk about conflagration --
There lies the problem, my dear!
---
चाहिँदैन पुलिस चाहिँदैन सेना
जाल गर्ने मनलाई सजायँ दिन
जालझेलको ताप त मनभित्रै बढ्छ
त्यै तापले एकदिन सबै सेखी डढ्छ
---
दुनियाँ बदल्ने सनक होइन
म आफैँ बदलिएको छनक हो
यो कविता
---
अरूलाई सुधार्ने ध्यानमा
थाहा छैन
म आफैँ कति बिग्रिंदैछु
---
संयोगले पाएको जीवन
उपहार हो भन्दा भन्दै
भार बन्न थाल्दो रहेछ
उपहार हो भन्दा भन्दै
भार बन्न थाल्दो रहेछ
---
उखान फेरिदिए हुन्छ साथी
यो देशलाई सतीको होइन
सन्ततिको सराप लागेको छ
---
म आफैँले आफ्नै परीक्षा यति कडासँग लिएको सम्झना छैन
भाँचिन लागेको मनलाई यसरी यातना दिएको सम्झना छैन
कोसिस गर्ने लत बसिहाल्यो आँशु खसाइएन बेफ्वाँकमा
तर कोसिसकै नाममा यति पसिना पिएको सम्झना छैन
---
तिमी दहबाट हिलाम्मे निस्केर
डिलैमा उभिएर कुर्लिन्छौ, हमेशा:
'मलाई धमिलो पानीमा माछा मार्न आउँदैन'
साँच्ची तिमी त्यो दहभित्र चैँ किन पो जान्छौ?
म आफैँले आफ्नै परीक्षा यति कडासँग लिएको सम्झना छैन
भाँचिन लागेको मनलाई यसरी यातना दिएको सम्झना छैन
कोसिस गर्ने लत बसिहाल्यो आँशु खसाइएन बेफ्वाँकमा
तर कोसिसकै नाममा यति पसिना पिएको सम्झना छैन
---
तिमी दहबाट हिलाम्मे निस्केर
डिलैमा उभिएर कुर्लिन्छौ, हमेशा:
'मलाई धमिलो पानीमा माछा मार्न आउँदैन'
साँच्ची तिमी त्यो दहभित्र चैँ किन पो जान्छौ?
---
सर्पको लौरो
साँढेको बुई
सिन्काको धुनी
खाप्स्योको सुई
--
मलाई होइन
आफूलाई खोज
मेरा शब्दहरूमा
No comments:
Post a Comment