Wednesday, June 06, 2018

Facebook Fragments XII

म फालीअड्काउँछु
उनीहरू ताली पड्काउँछन्
यसरी पो गर्ने हो त सहकार्य
---

पराई मुतको न्यानोबाट
मलाई छि: छि: नभन न डार्लिङ्
म त आफ्नै घरको बलेँसीमा
लडेको मात्र हुँ।
---

पिडा हुन्छ
बोलेको नसुनिदिँदा
देखेको कुरा

झन पिडा हुन्छ
बोल्न नसक्दा
दुखेको कुरा

--- 

I have no mantra
To undo what you did
By taking the worst
From the best I gave

---

स्वाभावत:
तनाव हुँदा दाजुभाइबिच
साँध मिच्छ छिमेकीले

अनि, स्वाभावत:
मेलमिलाप हुँदा दाजुभाइको
तनाव हुन्छ छिमेकीलाई

---

जागिर:
पाएपछि
काममा जानको हतार
खाएपछि
ठाममा जानको हतार
अघाएपछि
घाममा जानको हतार
---
साझा बारीमा बीउ छरिहाल्यौ स्वनिर्णयले
कोही रिसाएन, त्यो तिमीमाथिको विश्वास थियो
उर्बर माटोमा जे छरे नि राम्रै फलिदिन्छ
फसलमा घाटा नहुने सबैलाई आश थियो

साझेदारहरू हेर्दैछन् बारीमा टुलुटुलु अहिले
तिम्रो बीउमा अन्नबाली वा काँडाको बोट थियो
धाप मार्ने हातहरू कोपर्न तयार हुन सक्छन्
जब थाहा हुन्छ, तिम्रो नियतमा पनि खोट थियो





No comments: