Tuesday, May 21, 2019

एउटा अर्को सत्य

जेठो,
छिमेकी बिर्खेले साँध मिच्याथ्यो
जिल्लामा तारिख धाउँदैछ

माइलो,
विदेशको भूत चढ्या धेरै भो
भिसाको लागि सास्ती पाउँदैछ


कान्छो,
खै के भने नेताजीले चुनावमा
मन्त्री निवासको चक्कर लाउँदैछ

सानुमुइयाँ,
पीआरवालासँग चिना मिल्या छ रे
मनभरि उतैको झण्डा फर्फराउँदैछ

यस्तै भएर यो बर्खामा
'बाह्र छोरा तेह्र नाति, धान फल्ने खेतमा डोजरको ताँती'
भन्नु पर्ने बेला आउँदैछ !

No comments: