Saturday, July 25, 2020

कुरा कालको


कसैलाई काल नटाढिएकोमा चिन्ता
कसैलाई काल नजिकिएकोमा त्रास,
धर्ति देख्न नपाउँदै उसैलाई देखेर
च्याँर-च्याँर रोएपछिको हरेक पल
उसकै अघिपछि रहेको छु म
हरेक रात ओछ्यान पुग्न पाउँदा
र हरेक बिहान आफूलाई‌ ओछ्यानमा पाउँदा
ऊप्रति कृतज्ञ हुने गरेको छु
हरेक साँझ गोली निलेर अोछ्यान पर्दा
र हरेक बिहान गोली निल्न ओछ्यान छोड्दा
अलि परबाट आँखा झिम्क्याउँदै मुस्काउँछ ऊ
म सोच्छु ऊ भन्दैछ मलाई‌
चिन्ता नगर् भाइ अझै केही साल
दुईचार मुरी गोली नपचाई
तेरो नम्बर लाग्दैन !

No comments: