गज्जब लाग्यो
मेरो शहरका सडकहरू
जुम्राले त्यागेका शरीरझैं
लमतन्न तन्किएका रहेछन्
अनि ती जुम्राहरू पनि
शरीरकै दायाँ- बायाँ
थन्किएका रहेछन्
---
भूँडी भनेको यस्तो होस्
जसको कारण
ज्यान बनाउन सजिलो होस्
ज्यान चलाउन सजिलो होस्
ज्यान जोगाउन सजिलो होस्
---
Not that I back away from a battle
Not that I fear a fight
I just can't stand
If a baboon stands on the other side.
---
ज्ञान, विवेक
अनुभव, उमेर
योग्यता, क्षमता
जो कोहीसँग होला;
तर अबको पुस्तान्तरण, महोदय
व्यक्तिको नियतको कारणले हुन्छ
No comments:
Post a Comment