अलिकति जीवन
खुसी खोजेर बाँच्ने हो,
अलिकति खुसी साँचेर बाँच्ने हो
अनि धेरै चाहिँ खुसी भएर हाँस्ने हो,
खुसी खोजेर बाँच्ने हो,
अलिकति खुसी साँचेर बाँच्ने हो
अनि धेरै चाहिँ खुसी भएर हाँस्ने हो,
पहिले यस्तै लाग्थ्यो !
यस्तो पनि लाग्थ्यो
जीवनको उपक्रममा
खुसी प्रमुख पात्र हो;
अहिले त लाग्छ खुसी
झुक्किएर देखा पर्ने
मीठो मुस्कान मात्र हो!
No comments:
Post a Comment