काम गर्ने मान्छे बेलाबेला सन्किन्छ
नतिजा दिने मान्छे घरीघरी रन्किन्छ
कामचोर पो त अर्घेलो हुन्छ सधैंको
ऊ भने एकदिन कुनामा थन्किन्छ
नतिजा दिने मान्छे घरीघरी रन्किन्छ
कामचोर पो त अर्घेलो हुन्छ सधैंको
ऊ भने एकदिन कुनामा थन्किन्छ
---
झिंगा धपाई विद्यावारिधि,
गोता नखाई प्राध्यापन,
कसैलाई मिलेको छ?
लौ न जानकारी पाऊँ !
---
कचौरामा पानी जगेडा राखी
बारीमा अगुल्टो फालौंला
आधा पाखो जलोस् कान्छी
त्यसपछि निभाउन थालौंला
धुनी त बाल्नै पर्छ है
न तिम्रो जान्छ न मेरो कान्छी
पतिंगर फाल्नै पर्छ है!
---
No comments:
Post a Comment