Thursday, December 18, 2025

चोइटाहरू -- ३

जहिलेदेखि मलाई
नामको आसक्ति भयो
तहिलेदेखि मेरो‌
कामको शक्ति गयो
---
के गर्ने होला हजुर यहाँ
माथि बस्ने रहरको नशाभन्दा
तल खस्ने डरको दशा ठूलो छ!
---
भाइरस बसेको ठाम,
भाइरल बनेको नाम,
कुन बढी खतरनाक होला?
---
कहिलेकाहीँ
माल पाएर चाल पाइन्न,
कहिलेकाहीँ
चाल पाए पनि माल पाइन्न,
जिन्दगी यस्तै हो क्या,
यो वेमौसमी झरीमा
सेन्टी कुरा नगरेकै जाती!
---
न पढ्नेमा प्रभाव हुन्छ
न लेख्नेलाई फलिफाप हुन्छ
थुतुनोको दर्जा कलमलाई दिनु
एक प्रकारको पाप हुन्छ

No comments: