Friday, July 24, 2026

उपरान्त

हिंड्नै पर्ने हो भने तर्किंदै
आफूलाई मन नपराउने
र पटक्कै मन नपर्नेहरूबाट,
अनि फर्किँदै
आफूलाई मन पराउने
र खूब मन पर्नेहरूतिर मात्र, 
बाँच्न सिक्नुपर्छ मानिसले
लाटोकोसेरोबाट
लाटोकोसेरोजस्तै
लाटोकोसेरोसँग

No comments: