Friday, July 24, 2026

स्वीकारोक्ति

कालोलाई कालो
सेतोलाई सेतो
होचोलाई होचो
अग्लोलाई अग्लो
देखेको यही हो मैले
भनेको पनि त हो यही
जे होइन त्यो देख्ने
जे हो त्यो नदेख्ने
तालीम मैले लिइनँ
किनभने म कहिल्यै
सत्य बदल्ने होडमा थिइनँ

No comments: